जुम्लामा धमाधम बिरामी हुँदै विद्ययार्थी, अज्ञात रोगले गाउँले नै त्रसित
काठमाडौँ। अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी पर्न थालेका छन्। वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ ।
मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् ।
विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय अहिले बन्द गरिएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताए हुन्। उनले भने, “अज्ञात रोगले विद्यार्थी थला परेपछि विद्ययालय बन्द गरिएको हो। परीक्षा प्रभावित बनेको छ । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका छन् ।”
विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले बताए । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । “गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्ररूपमा गाउँ नै थला पार्न थालेको छ”, वडाध्यक्ष रावलले भने, “तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदूषणले पनि यो समस्या खडा गरेको छ ।” लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीयवासी बताउँछन् ।
तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईँका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक चौलागाईँले बताए ।
रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाकाले बताए । गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण भएको छ ।
मौसमी रुघाखोकी फैलिँदा बालबालिका बिरामी परेको भन्ने बुझिएको छ । आवश्यक औषधि उपलब्ध गराई उपचार गरेको प्रमुख सापकोटाले बताए ।