image
image
नौ महिनामा २३८ अर्ब ९४ करोड ऋण परिचालन, चालु खर्च कति ?

नौ महिनामा २३८ अर्ब ९४ करोड ऋण परिचालन, चालु खर्च कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को नौ महिनासम्ममा चालु खर्च ६४४ अर्ब ३ करोड भएको जनाएको छ । आर्थिक वर्ष २०८०९८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च १६७ अर्ब ९९ करोड भएको जनाएको छ ।

सो अवधिमा नेपाल सरकारको कुल खर्च ९०९ अर्ब ३९ करोड भएको महालेखा नियन्त्रक कार्यालयलाई उद्धृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७४८ अर्ब ४ करोड भएको छ ।

यस्तै समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले घटेको छ भने राजस्व परिचालन ९.४ प्रतिशतले बढेको छ ।यस्तै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ को नौ महिनासम्ममा सरकारले १७६ अर्ब आन्तरिक र ६२ अर्ब ९४ करोड बाह्य गरी कुल २३८ अर्ब ९४ करोड ऋण परिचालन गरेको बैंकको त्रैमासिक समीक्षामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।