image
image

विश्वका-शीर्ष-२०-संक्रमित-सहरको-सूचीमा-भारतका-१५-सहर 

काठमाडौँ। भारतमा कोरोनाभाइरस संक्रमणको स्थिति खराब हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६ हजार ६४२ जना संक्रमित थपिएको पाइएको छ । पछिल्लो वर्ष संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । यस दौरानमा १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने १ हजार १८२ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख भन्दा माथि पुगिसकेको छ । त्यहाँ १५ लाख ६३ हजार ५८८ संक्रमितको उपचार भइरहेको छ । विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् । पुणे सहर यो सूचीको शीर्ष स्थानमा रहेको छ भने मुम्बई दोस्रो स्थानमा छ । देशका करीब १२० जिल्लामा शैय्या, अक्सिजन, भेन्टिलेटरजस्ता जरुरी सुविधाको संकट देखा परेको छ ।

बिहीबार सबैभन्दा धेरै ६१ हजार ६९५ संक्रमित महाराष्ट्रमा फेला परेका छन् । दोस्रो नम्बरमा उत्तर प्रदेशमा २२ हजार ३३९ संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा १६ हजार ६९९, छत्तिसगढमा १५ हजार २५६, कर्नाटकमा १४ हजार ७३८ र मध्य प्रदेशमा १० हजार १६६ जना संक्रमित फेला परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।