रुरु जलविद्युतको आईपीओ बाँडफाँड, कतिले पाए ?
काठमाडौं ०३ वैशाख । आज रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । आईपिओ बाँडफाँडको काम सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र शेयर पाएका छन् ।
क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको ३ लाख ७९ हजार १६७ कित्ता शयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता पाएका हुन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता शेयर पुनः शेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १ कित्ता वितरण गरिएको हो ।यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता र ३९ हजार ९०९ जनाले १० कित्ता पाएका छन् । बाँकी आवेदकले शेययर पाउन सकेनन् ।
कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि नजिता हेर्न सकिनेछ ।