image
image
कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ ।बैंकले बुधबार एक सूचना जारी गरी विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेठ ४ गतेदेखि बिक्रीमा राख्न लागेको जानकारी दिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति, फर्म, संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकताले बोलपत्र आवेदनका साथ आफूले खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा लक्ष्मी सनराइज बैंकको खातामा धरौटी बापत जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ ।लगानीकर्ताले सेयर खरिदका लागि जेठ १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।