image
image
२८.६२ अंकले बढ्यो सेयर बजार

२८.६२ अंकले बढ्यो सेयर बजार

 

काठमाडौं । सेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । मंगलबार ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ । 

हिजो परिसूचक २४.३९ अंकले बढ्दै नेप्से १९९८.८९ विन्दुमा पुग्दा ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको थियो । यसअघि गत आइतबार ८.२६ अंकले बढ्दै सेयर बजार १९७४.५० विन्दुमा पुग्दा  ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो । 

आज १३ उपसमूहमा सबै बढेका छन् । सर्वाधिक लघुवित्त ३.४४ र जलविद्युत उपसमूह ३.२२ प्रतिशतले बढेका छन् । २१९ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । सेयरमूल्य बढेकाको सूचीमा लहरै ६ वटा लघुवित्त परेका छन् । समाज, उपकार र युनिक नेपाल लघुवित्तको सेयर बढेर सर्किट लागेको छ । जनउत्थान, मानुषी लघुवित्त पनि सर्किटस्तरमा बढेको छ । 

२२ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ता ४.६४ प्रतिशत नोक्सानमा रहे । ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।सर्वाधिक कारोबार हुनेमा सीइबीडी हाइड्रोपावर कम्पनी छ ।

 उक्त कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शाइन रेसुंगा विकास बैंकको ११ करोड ६१ लाख, आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख, रिडी पावरको ७ करोड ३८ लाख र स्वावलम्बन लघुवित्तको ७ करोड २९ लाखको सेयर किनबेच भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।