image
image

आकाशियो कखुराको  दानाको मूल्य

काठमाडौं, बैशाख ३। कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो ।


गत फागुन २६ गते प्रतिकिलो दानाको मूल्य २ रुपैयाँका दरले बढाएको नेपाल दाना उद्योग संघले गत आइतवारदेखि प्रतिकिलो ३ रुपैयाँका दरले बढाएको छ । यसअघि फागुनमा बढाइएको मूल्यअनुसार बी जिरो दाना प्रतिकिलो ६५ रुपैयाँ थियो भने अहिले ६८ रुपैयाँ पुगेको छ ।

त्यसैगरी बी वान दानाको मूल्य प्रतिकिलो ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको इतिहासमै दानाको मूल्य यति धेरै बढेको सरोकारवालाहरूको भनाइ छ ।


संघका उपाध्यक्ष केशवराज थापाले अन्तररष्ट्रिय बजारमा भटमास र पिनाको मूल्य आकाशिएकाले दानाको मूल्य पनि बढाउनु परेको बताए । ‘कच्चापदार्थको मूल्यमा भएको वृद्धि अनुसार त दानाको मूल्य प्रतिकिलो १० रुपैयाँका दरले बढाउनुपर्ने हो,’ उनले भने, ‘तर अहिलेलाई किलोमा ३ रुपैयाँमात्र बढाइएको छ । यद्यपि वैशाख १५ पछि फेरि मूल्य बढ्न सक्छ ।’ कच्चापदार्थ किन्न नसक्ने अवस्थामा दाना उद्योगी पुगेकाले अब उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

यसअघि ७० रुपैयाँ प्रतिकिलो रहेको भटमासको मूल्य महीनामै ४८ रुपैयाँले बढेर अहिले ११८ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी ८० रुपैयाँ पर्ने सोयाको मूल्य बढेर ११२ रुपैयाँ प्रतिकिलो छ भने ९० रुपैयाँ पर्ने सोयाको मूल्य बढेर ११८ रुपैयाँ प्रतिकिलो पुगेको छ । पछिल्लो समय चीनमा भटमास तथा सोयाको खपत अत्यधिक बढ्दा अन्य देशमा यसको अभाव भएकाले मूल्य बढेको हुन सक्ने संघले बताएको छ । आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।