image
image

विद्यावारिधि गर्नेलाई एक लाख पुरस्कार

काठमाडौं, २ बैशाख । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषा साहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई रु एक लाख राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार ईश्वरबल्लभ, प्रा डा वासुदेव त्रिपाठी र वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई ‘नइ शोध पुरस्कार’ समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

प्रकाशनद्वारा उपाधि, सम्मान र पुरस्कारले विभूषित ती साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय नइ रजत महोत्सवका अध्यक्ष वाङ्मय शताब्दी पुरुष जोशीका अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।