image
image
पाँच अर्बको ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

पाँच अर्बको ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन गर्ने भएको छ । कार्यालयले पाँच वर्षे अवधिको पाँच अर्ब रुपियाँको बचतपत्र निष्कासन गर्न लागेको हो । नेपाली तथा गैरआवासीय नेपाली नागरिकले समेत खरिद नगैृ पाउने यो बचतपत्रको ब्याजदर भने आठ प्रतिशत रहनेछ । ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बताइएको छ । 

इच्छुक व्यक्तिले घटीमा १० हजार बढीमा कुल निष्कासित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न सक्नेछन् । साथै, यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमाफृत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ ।

यस बचतपत्रको बिक्री यही वैशाख ३० गतेदेखि जेठ ३० गतेसम्म खुला हुनेछ भने निष्कासन असार ४ गते हुनेछ । साथै, साँवा भुक्तानी २०८६ असार ४ गते नै हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।