भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृत
काठमाडौँ । बुधबार भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न स्वीकृति दिएको छ । यस स्वीकृतिसँगै अब नेपाल विद्युत प्रधिकरणले विद्युत खरिद गर्न सक्ने भएको हो ।
त्यस्तै बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पनि पठाईएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो स्वीकृतले ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारतहुँदै बंगलादेशसम्मको विद्युत् व्यापारका लागि अर्को स्टेपसमेत खुल्ला भएको छ। हाल प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् वर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव समेत गरिएको छ ।
भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाईएको शाक्यले बताए । यस वर्ष पानी पनि नपरेको र प्रदूषणलगायतका कारणले हिउँ पनि नपग्लिएकाले विद्युतको माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कार्यकारी निर्देशक शाक्यले प्रस्ट परेका छन् ।