image
image

रूरू जलविद्युतको आइपिओ शुक्रबार बाँडफाँड हुँदै 

काठमाडौँ। रुरु जलविद्युत आयोजनाको आइपिओ भोलि शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओ बाँडफाँको तयारी सकिएको छ ।

कम्पनीको आइपिओ करिब १६ लाख ७१ हजार जनाले भरेका छन्। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ। 

यो हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने सम्भावना छ। 

कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने उनले भने। यो कम्पनीमा सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्दैन।

३७ हजार ९ सय १० जनालाई १० कित्ताका दरले बाँडफाँड गरेपछि ७ कित्ता बाँकी रहन्छ। त्यसैले ७ कित्तालाई १–१ कित्ताका दरले तिनैमध्येबाट ७ जनालाई थपेर दिइनेछ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।