image
image
सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ । 

यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रहँदा  ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकम ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ थियो ।  १३ मध्ये विकास बैंकबाहेक सबै उपसूचक घट्दा नेप्सेसँगै कारोबार रकम घटेको हो ।  आइतबार भने सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको थियो । 

१७७ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । २८.४ प्रतिशत लाभांश घोषणा गरेको सिटिजन लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा पहिलो नम्बरमा छ । उक्त कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल फाइनान्सको १० करोड ८१ लाख, पोखरा फाइनान्सको ९ करोड ८० लाख, हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

सेयरमूल्य बढ्ने कम्पनीका बोटलर्स तराई, माउन्टेन हाइड्रो, सीवाइसी लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, बराही हाइड्रोपावर लगायत छन् । पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयरमूल्य घटेर नेगेटिभ सर्किट नै लागेको छ । पिपुल्स पावर, समता घरेलु लघुवित्त, नाडेप लघुवित्तको पनि सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।