image
image

६० हजारले बुझे कोरोना बीमाको रकम,अब बाँकी कतिले पाँउलान् ?

काठमाडौँ। चैत ३० गतेसम्म ६० हजार ५८७ जनाले कोरोना बीमावापतको दावी रकम बुझेका छन् । बीमा समितिका अनुसार उनीहरुले कुल ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रकम लिएका हुन्। 


१९ निर्जीवन बीमा कम्पनीहरुले संयूक्त रुपमा ‘पुल’मार्फत कोरोना बीमा संचालनमा ल्याएका थिए। बीमा गरिसकेपछि संक्रमित हुनेलाई लक्षित गर्दै बैशाख ७ गतेदेखि संचालनमा आएको कोरोना बीमा योजनाबाट थप करिब ५१ हजारले रकम पाउने छन्। 

हालसम्म कुल ९१ हजार ६७३ जनाको आवेदन प्रमाणित भएको समितिले बताएको छ। थप ५१ हजारलाई रकम भुक्तानी गर्दा थप ४ अर्बभन्दा बढी रकम लाग्नेछ। अबको सबै रकम सरकारले ब्यहोर्नेछ। 

१ अर्ब निर्जीवन बीमा कम्पनीहरुले, १ अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड बीमकको महाविपत्ती पुलले, १ अर्ब बीमा समितिले खर्च ब्यहोरेका छन्। 

साढे ३ अर्ब रुपैयाँ यसरी जुटे पनि बाँकी रकम नेपाल सरकारले ब्यहोर्नेगरी मापदण्ड तयार भएको थियो। तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ। 

कोरोना बीमा भुक्तानी सम्वन्धी मापदण्डमा साढे ३ अर्बभन्दा बढी रकम भुक्तानी नेपाल सरकारले व्यहोर्ने उल्लेख छ। सो रकम अर्थबाट एकमुष्ट रुपमा आउन नसकेपछि थप भुक्तानी हुन नसकेको बीमक संघले जनाएको छ।  

कोरोना बीमाले सर्वसाधारणमा बीमाबारे सचेतना बढाएको बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले बताए। ‘कोरोना बीमाले वास्तवमा बीमाको दायरलाई बढाउन टेवा पुग्यो’ उनले भने ‘यसबाट तत्काललाई बीमा कम्पनीलाई फाइदा नभए पनि दीर्घकालीन रुपमा यसले फाइदा नै दिन्छ।’  

संक्रमण दर घटे पनि हाल संक्रमणको त्रास हटिसकेको छैन। नेपालमा पनि दोस्रो लहर फैलिन सक्ने जोखिम रहेको भन्दै विज्ञहरुले चेतावनी दिइरहेका छन्। दोस्रो लहर फैलिए पनि अब कोरोना बीमाको व्यवस्था भने नहुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। 

असार मसान्तपछि संक्रमित भए पनि बीमा गरेकाले रकम पाउने छैनन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।