वैदेशिक रोजगारीमा जाने कामदार घटे पनि बढ्यो रेमिटेन्स
काठमाडौँ वैशाख । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा करिब ७४.८ प्रतिशतले घटेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भईरसको दोस्रो लहर विश्व भरिनै फैलिन थाले पछि विदेश जाने कामदारको संख्या घटेको हो । यद्यपी नेपाल आउने रेमिट्यान्स प्रवाह भने बढिरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्ष सोहि अवधिमा ५ खर्ब ९१ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा यो वर्षको ८ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको बैंकले बताएको छ ।