image
image

जुम्लामा १९ करोड राजश्व सङ्कलन

कर्णाली २ वैशाख  । जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेकोे छ । कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व सङ्कलन उत्साहजनक भएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।


आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतका अनुसार चालू आवको आठ महिनामा रु १३ करोड ७५ लाख ७५ हजार राजश्व सङ्कलन हुने लक्ष्य राखिएकोमा रु ६ करोड आठ लाखले बढेर साढे १९ करोड सङ्कलन भएको छ ।

कर अधिकृत बस्नेतले भने, “चालू आवमा जुम्लामा रु २५ करोड ६० लाख १० हजार बराबर राजश्व सङ्कलन गर्ने लक्ष्य छ । तर, फागुन मसान्तसम्म मात्रैको राजश्व सङ्कलन जेठसम्मको लक्ष्यको तुलनामा पुगेको छ ।”


जुम्लामा आन्तरिक राजश्व कार्यालयको स्थापनापछि करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजश्व सङ्कलन उत्साहजनक रूपमा भएको कर अधिकृत बस्नेतले बताए । विगतका भन्दा व्यवसायी, उद्योगी करको दायरामा आउने क्रममा बढेको छ । प्यान नम्बर लिनेको सङ्ख्या पनि बढेको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । रासस

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।