image
image

क्यानाडामा ९० हजारलाई पीआर दिईने, क-कसले पाउछन आवेदन दिन? 

काठमाडौँ २ वैशाख । क्यानाडाको संघीय सरकारले आप्रवासी भित्र्याउने लक्ष्य अन्तर्गत ९० हजारलाई पीआर दिने भएको छ । विदेशी विद्यार्थी र अत्यावश्यक क्षेत्रमा काम गरिरहेका अस्थायी विदेशी कामदारलाई क्यानाडाको स्थायी बासिन्दा बन्ने अवसर प्रदान लागेको हो।

यसका लागि इमिग्रेसन, रिफ्युजीज एण्ड सिटिजनशीप क्यानाडा (आइआरसीसी) ले सम्बन्धित क्षेत्रका व्यक्तिहरुबाट मे ६ देखि नोभेम्बर ५ सम्म आवेदन लिने भएको छ। इमिग्रेसन कन्सल्टेन्ट मुगा राजभण्डारीका अनुसार ‘फर्स्ट कम फर्स्ट सर्भ’ (पहिले आवेदन दिनेले पाउने) विधिबाट पीआर दिइने भएको हो। 

क्यानाडियन सरकारको यस योजना अन्तर्गत २० हजार अस्थायी  स्वास्थ्य उपचारको क्षेत्रमा कार्यरत् विदेशी कामदार छन् भने अरु विभिन्न पेसामा रहेका ३० हजार जनाले पनि यो अवसर पाउने छन्। साथै स्थायी बसोबासको अवसर पाउनेमा ४० हजार विदेशी विद्यार्थी पनि पर्ने बताईएको छ ।

यसैगरी स्वास्थ्य उपचारको क्षेत्रसँग सम्बन्धित विभिन्न ४० वटा पेसामा आवद्ध अस्थायी विदेशी कामदारका लागि पनि यो अवसर भएको सरकारले जनाएको छ। तिनमा डाक्टर, नर्सका साथै हाउसकिपिङ, घरेलु सहयोगी कामदार तथा स्वास्थ्य क्षेत्रका कामदारको सहयोगीका रुपमा काम गर्ने पनि पर्नेछन् । साथै स्वास्थ्य उपचारको क्षेत्रभन्दा बाहिरका उपभोग्य सामग्री सम्बन्धी स्टोर, निर्माण, यातायात, कृषि र अरु अत्यावश्यक क्षेत्रमा काम गरिरहेकाहरुले पनि क्यानाडाको स्थायी बसोबासका लागि आवेदन गर्न सकिने बताईएको छ ।  
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।