भारतमा एकैदिन २ लाख संक्रमित
काठमाडौँ। भारतमा कोरोना भाइरस अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार एकै दिन झन्डै २ लाख जना कोरोना पोजेटिभ देखिएका हुन्।
सङक्रमित मृत्युको घटना पनि लगातार बढ्दै गएको छ। भारतको स्वास्थ मन्त्रालयका अनुसार बुधबार अहिलेसम्मकै सर्वाधिक १ लाख ९९ हजार ५ सय ६९ जनामा संक्रमण देखियो छ । महामारी सुरु भएयता यति ठूलो जनसंख्यामा एकैदिन संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । त्यस्तै, स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ३ सय पुगेको छ भने निको हुनेको दर झरेर ८९ दशमलव ५१ प्रतिशतमा पुगेको छ ।
अहिलेसम्म महामारीबाट १ लाख ७३ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । उपचाररत व्यक्तिहरुको संख्या पनि बढेको छ । अहिले भारतमा १३ लाख ६५ हजार ७ सय ४ जनाले उपचार गराइरहेका छन् ।
भारतको राजधानी दिल्लीमा एकैदिन १७ हजारमा कोरोना संक्रमण देखिएको छ । महाराष्ट्रमा योभन्दा खराब अवस्था छ । यहाँ बुधबार एकैदिन ५८ हजार ९ सय ५२ जनामा संक्रमण देखिएको छ, त्यसमध्ये २ सय ७८ जनाले ज्यान गुमाएका छन् ।