बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?
काठमाडौँ २ वैशाख । आज २०७८ सालको सुन कारोबारको पहिलो दिन सुनको मूल्य बढेको छ । आज सुन ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहिबार छापवाला सुन गत चैत ३१ गतेको भन्दा ३ सय रुपैयाँले बढेको छ । आज छापवाला सुन तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै बढेर ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मूल्य भने ह्वातै बढेको छ । मंगलबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।