३२ लाख खर्चेर कृतिम चाँपको रुख
काठमाडौँ। ३२ लाख रुपैयाँमा एउटा पाखो भरी चाँपको विरुवा रोपेर बगैचा बनाउन सकिन्छ तर संखुवासभाको मुडे बजारमा भने एउटा कृतिम चाँपको रुख बनाउन ३२ लाख खर्च गरिएको छ । पर्यटक लोभ्याउन र पहिचान बनाउन भन्दै धर्मदेवि नगरपालिकाले यस्तो काम गरे पछि स्थानीयबासीले गुनासो गरेका छन् ।
हिजोआज गाउँगाउँमा रोपिने गरिएको बरपिपल सहितको चौतारो पुरै भत्काएर नाङगो पाखा बनाउने अभियान चलेको छ । वातावरणीय दृष्टीकोणले केही अभियान्ताहरु भने हरियाली बनाउन रुख रोप्ने गरेका छन् । दैनिकजसो वड्दै गएको वायूप्रदूषण र कार्वन उत्र्सजन कम गर्न हरियाली बढाउनु जरुरी छ तर संखुवासभाको धर्मदेवी नगरपालिका–३ मुढे बजारमा भने ३२ लाख रुपैयाँ खर्चर कृतिम चाँपको रुख बनिरहेको छ । ३२ लाख लगानी गरेर यस क्षेत्रमा चाँपकै हरियाली बगैचा बनाउन सकिने भए पनि बजेट खर्च गर्ने वहाना र प्रभावकारी, पारदर्शी रुपमा खर्च नभएको भन्दै स्थानीयबासीहरुले गुनासो गरेका छन् ।
नगरपालिकाले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने भन्दै ३२ लाखको लागतमा कृतिम चाँपको स्तम्भ निर्माण गरेको धर्मदेवी नगरपालिकाका प्रमुख रमेशकुमार जिमिले जानकारी दिए । चाँप उच्च हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको वनस्पति हो । पछिल्लो समय चाँप लोप हुन थालेको छ । मुढे बजार नजिककै गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्र भएका कारण बजारमा पर्यटक आवागमन हुने गरेको छ । चाँपको कृतिम रुख नभएर बगैचा बनाउन भन्दै त्यस क्षेत्रमा पुग्ने पर्यटकले समेत सुझाव दिदै आएका छन् ।