image
image

मौसम :  आज यी स्थानमा हुन सक्छ वर्षा

काठमाडौँ २ वैशाख । जल तथा मौसम पर्वानुमान विभागका अनुसार मुलुकभर स्थानीय र पश्चिमी न्युन चापीय रेखाको प्रभावले आज पनि  देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको बताएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा समेत आंशिक बदलीको अवस्था रहेको छ । आज दिउँसो देशको पहाडी भूभागलगायत अन्य भुभागमा पनि मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति भने देशका पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहेपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । आज राति पनि देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको बताईएको छ।

साथै देशका पहाडी भूभागका केही स्थानमा अपरान्ह साँझतिर मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।