image
image

काठमाडौँ विश्वको प्रदूषित सहरहरुको पहिले नम्बरमा 

काठमाडौं। काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ। 

काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ। देशका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो। हिजो काठमाडौंको वायुको स्तर २ सय एक्युआइसम्म पुगेको थियो।

हिजोको तुलनामा केही सुधार भएको पाइए पनि विश्वमा सबैभन्दा बढि प्रदुषण भएको शहरमा नेपाल पहिलो नम्बरमै कायम रहेकोे हो। वातावरण विभागका अनुसार पहिलेभन्दा थोरै सुधार भएको तर स्वस्थकर वायुमा श्वास लिने अवस्था नरहेको जनाएको छ। 

हाल देशका ३७७ स्थानमा डढेलो लागिरहेको बताइएको छ।  केही दिन अघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमिरहेको छ। जसका कारण काठमाडौंसहित देशका विभिन्न शहरमा घाम राम्रोसँग लागेको छैन्। पानी पर्ने सक्रिय प्रणालीको विकास भइ पानी नपरे सम्म तुवाँलो नहट्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि आज, भोलि र पर्सि देशका पहाडी भू-भागहरुमा मेघगर्जनसहित हल्का वर्षा र हावाको गति समेत बढ्ने हुँदा केहि राहात मिल्न सक्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए हुन्। 

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने र पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाका मौसमविद् अर्यालले जानकारी दिए। उनका अनुसार राति  देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

यसैबीच काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान १३ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।