image
image

यस वर्ष चिराइतोको मूल्यमा वृद्धि, किसानलाई राहत

ताप्लेजुङ : विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । अहिले ताप्लेजुङमा प्रतिमन १५ रुपैयाँ हजारका दरले चिराइतोको कारोबार भइरहेको छ । 'गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम मूल्य रु १० हजार थियो, अहिले रु १५ हजारले कारोबार गरिरहेका छौँ', व्यवसायी रुद्र अधिकारीले भने ।

हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायतका जडीबुटीलाई समेत प्रमुख आमदानीको स्रोतका रूपमा लिने गरिएको छ । अलैँची खेतीमा संलग्न नभएका किसानले चिराईतो खेती गर्दै आएका छन् तर यस अघिका वर्षमा राम्रो मूल्य नहुँदा चिराइतो खेती गर्दै आएका र जङ्गलमा सङ्कलन गरेका किसान निरास थिए । न्युन बजार मूल्यका कारण लागत मूल्य नै नउठ्ने भए पछि कतिपयले त्यतिकै थन्क्याएर राखेका थिए ।

'अघिल्ला वर्षहरुमा लागत नै नउठ्ने मूल्य थियो, जङ्गल फाँडेर लगाएको चिराइतो खेती प्रति उत्साह थिएन तर यो वर्ष केही सुधार हुनाले सबैलाई सामान्यरूपमा फाइदा पुगेको छ', चिराइतो खेती गर्दै आएका सिरिजङ्घा गाउँपालिकाका किसान खड्क गुरुङले भने ।

जिल्लाको सिरिजङ्घा, सिदिङ्वा, फक्ताङलुङलगायतका गाउँपालिकाका किसानले चिराइतो खेती गर्दै आएका छन् । कतिपयले जङ्गलमा गएर सङ्कलन गरी बिक्री वितरण गर्दै आएकाछन् ।

ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत र भारतीय बजारमा चिराइतो निकासी हुने गरेको छ तर यो वर्ष कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमणका कारण चीनतर्फका नाका बन्द भएकाले त्यसतर्फ भने निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय बजारमा भने झापाको विर्तामोड हुँदै निकासी भइरहेको व्यवसायीको भनाइ छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।