image
image
हकप्रद शेयर बिक्रीमा ल्याउँदै अरुण भ्याली, न्यूनतम मूल्य कति ?

हकप्रद शेयर बिक्रीमा ल्याउँदै अरुण भ्याली, न्यूनतम मूल्य कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर भोलि (वैशाख १० गते) देखि लिलाम बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याउन लागिएको हो ।

यस शेयरमा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट दिन सकिनेछ । लगानीकर्ताले यस शेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।