image
image

३२% बढ्यो कृषि कर्जा

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महीनाको तुलनामा चाल आर्थिक वर्षको ८ महीनासम्ममा उक्त दरमा कृषिकर्जा प्रवाह बढेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

लामो समय कोभिडका कारण समग्रमा कर्जा प्रवाहसमेत प्रभावित भए पनि अझै अपेक्षा गरेअनुसार कर्जा प्रवाह नभएको बैंकरहरू बताउँछन् । यद्यपि समग्रमा उक्त दरमा कृषिकर्जा विस्तार हुनु भनेको नेपाल राष्ट्र बैंकले तोकेको कुल कर्जा सीमालाई अहिले नै पूरा गर्न सकेको तथ्यांकले देखाउँछ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको उक्त दरले एकमुष्ठ कर्जा बढ्दा रू. ६३ अर्ब ३० करोड थप कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ को फागुनसम्ममा कृषि क्षेत्रअन्तर्गत रू. २ खर्ब ५५ अर्ब ७९ करोड २० लाख बराबरको कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा प्रवाह रू.१ खर्ब ९२ अर्ब ४८ करोड ६० लाख भएको थियो ।

चालू आवको ८ महीनामा कृषिमा प्रवाह भएको कुल कर्जामध्ये २ खर्ब २४ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूमार्फत भएको छ । यस्तै विकास बैंकमार्फत करीब २५ अर्ब ४८ करोड र वित्त कम्पनीहरूमार्फत ५ अर्ब ८९ करोड रुपैयाँको हाराहारीमा कृषिकर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

कोभिड महामारीको प्रभाव खेपेको समग्र अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाबाट यत्तिको कर्जा प्रवाह वृद्धि हुन गयोे । गत आवको फागुनसम्म्मा नेपालको कोरोना महामारीको प्रभाव देखिएको थिएन । तर, यसपछिको लामो समय समग्र कर्जा प्रवाह अवरुद्ध हुँदाहुँदै पनि यत्तिको वृद्धिलाई बैंकरहरू सकारात्मक ठान्छन् । यसपटक कृषिकर्जाको वृद्धि यसरी बढ्नुको मद्दत पुग्नुका कारण कृषि विकास बैंकले जारी गरेको कृषि ऋणपत्र (बोन्ड)ले पनि हो । बैंकहरूले कृषि बोन्ड किनेर कृषि कर्जाक्षेत्रमा गणनासमेत गर्न सक्ने भएकाले यसले पनि केही मद्दत पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।