image
image
एसीसी प्रिमियर कप : साउदी अरेबियामाथि नेपालको जित

एसीसी प्रिमियर कप : साउदी अरेबियामाथि नेपालको जित


काठमाडौं ।  नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८–८ ओभर खेलाइएको थियो ।

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको थियो ।यो जितपछि नेपाल समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समुह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।

यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ । समुह बि को समुह चरणका अन्तिम खेल पनि आज हुदै छन् ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।