image
image
२.३५ अंकले घट्यो सेयर बजार

२.३५ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ विन्दुमा रह्यो । कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । १३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको हो । फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक निर्जीवन बीमा उपसमूह १।०३ प्रतिशतले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये १२७ को सेयरमूल्य बढेको छ भने १०८ वटाको घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो । घटेको बजारमा पनि सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ । एनआइसी एसिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो बढ्नेको सूचीमा छन् । 

सर्वाधिक सेयर किनबेच सानीमा माई हाइड्रोपावरको भएको छ । सानीमाको सेयर २१ करोड ४७ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख, ज्ञादी ग्रुप अफ पावरको १० करोड ३८ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर ८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ । 

घटेका सेयरमा गुराँस लघुवित्तको नकारात्मक सर्किट नै लागेको छ । हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ सिजेन्सी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को सेयरमूल्य घटेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।