image

कफी पिउँदा छाला क्यान्सरको जोखिम कम

काठमाडौँ। शहरतिर क्याफेमा बसेर कफीको चुस्किसँगै गफ गर्नुको मज्जै बेग्लै हुन्छ । तर कफी हाम्रो स्वास्थ्यकालागी फाइदाजनक छ ।

कुनै पनि चिजको बढि उपयोग गरे यसको हानी हुनु स्वभाविक हो । कफी पनि यस्तैमा पर्दछ । कफीको अत्यधिक सेवन गरे यसले हानी पनि पुर्‍याउँछ । तर निश्चित मात्रामा कफीको सेवन गरे यसले केही लाभ भने पक्कै पुर्याउँछ ।

जर्नल अफ द नेसनल क्यान्सर इन्सन्टिच्युटको एउटा अध्ययन प्रतिवेदनमा कफीको यस्तै एक लाभबारे दाबी गरिएको छ । अध्ययनमा दिनहुँ चार कपसम्म कफी खाने गरे छालाको क्यान्सरबाट बच्न सकिने तथ्य आएको छ । यद्यपि यो प्रारम्भिक तथ्य मात्र थियो ।

अध्ययनमा दिनहुँ कफी खाने ४ लाख ४७ हजार ३ सय ५७ व्यक्तिको स्वास्थ्यलाई निरन्तर एक दशकसम्म निगरानी गर्दा कफी खाने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम रहेको देखिएको थियो । अर्थात्, दिनहुँ चार कपसम्म कफी खाने व्यक्तिहरूमा छालाको क्यान्सरको जोखिम २० प्रतिशतसम्म कम देखियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।