यस्तो छ टेलिकमको नयाँ वर्ष विशेष ‘स्प्रिङ अफर’
काठमाडौँ ३१ चैत । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ लक्षित् गरेर विभिन्न ‘स्प्रिङ अफर’ ल्याएको छ। टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार ‘विन्टर अफर’ अन्तर्गतका प्याकेजमा केहि परिमार्जित गरेर सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो ।
चैत ३१ बाट ९० दिनसम्म उपयोग गर्न सकिने उक्त ‘स्प्रिङ अफरअन्तर्गत मोबाइल ग्राहकका लागि प्रतिदिन ५ सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर २ सय ९९ रुपैयाँमा उपलब्ध गराईएको छ । त्यस्तै १ सय २५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी ४ जिबी डाटा अफर ल्याइएको जोशीले बताए ।
पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानीसमेत गर्न सकिन्छ। यो अफर पनि चौबिसै घन्टा प्रयोग गर्न सकिन्छ। साथै दुई घन्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको र यो अफर पनि चौबिसै घन्टा उपयोग गर्न सकिनेछ ।
त्यसैगरी जिएसएम मोबाइल ग्राहकका लागि २ सय ८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफरअन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिने प्रवक्ता जोशीले बताए। यसैगरी डाटा प्याकअन्तर्गत नै ९५ रुपैयाँमा डेढ जिबी डाटा प्रयोग गर्न सकिने अफर सात दिनसम्म चौबिसै घन्टा प्रयोग गर्न सकिने अफर ल्याएको जोशीले बताए।
सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहक कम्पनीकै अन्य सेवामा रूपान्तरण हुने क्रम जारी रहेकाले विन्टर अफरका सुविधामध्ये सीमित अफरलाई मात्र निरन्तरता दिइएको जोशीले बताए।