शेयर बजार हालसम्मकै उच्च विन्दुमा
काठमाडौं ३१ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से दुई हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २३.२३ अंकले बढेर २ हजार ७ सय १४ दशमलब ७९ विन्दुमा पुगेको छ । त्यस्तै आज १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ सेयर ७६ हजार ९४ पटक पटक कारोबार हुँदा कारोबार रकम ७ अर्ब नाघेको छ ।
त्यस्तै, आज ७ अर्ब १४ करोड ३१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३ समूहमध्ये सात समूह बाहेक अन्यसबै समूह बढेका छन् । साथै आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।