image
image

काठमाडौं महानगरपालिकाको भवन निर्माणका लागि टेन्डर आह्वान

काठमाडौँ ३१ चैत ।  काठमाडौं महानगरपालिकाले टेकुमा बन्ने आफ्नो कार्यालय भवनको निर्माणका लागि टेन्डर आह्वान गरेको छ । भूमिगत पार्किङसहित ८ तल्ले भवनका लागि मंगलबार महानगरपालिकाले टेन्डर आह्वान गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसर महानगरका छरिएर रहेका विभिन्न विभागलाई एकै ठाउँमा राख्न सकिने गरी भवन बनाउन टेन्डर आह्वान गरिएको हो । त्यस्तै महानगरका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले अब बन्ने भवन आधुनिक भएपनि अगाडिको मोहोडा परम्परागत शैलीको हुने बताएका छन्।

भूकम्पले बागदरबारमा क्षति पुर्‍याएपछि भाडाको घरमा छरिएर रहेका विभिन्न विभाग र कार्यालयहरुको सेवा एउटै भवनबाट दिन उक्त भवन निर्माण गर्न लागिएको बताए । भूकम्प अघिसम्म आफ्नो मुख्य कार्यालय रहेको बागदरबारलाई भत्काउने योजनलाई सर्बोच्च अदालतले रोकेपछि महानगरपालिकले टेकुमा भवन बनाउन लागेको हो । साथै अब बन्ने भवन वरपर कुल ६ हजार ७ सय वर्ग मिटरको पर्याप्त खुला क्षेत्र रहनेछ भने ६० वटा गाडी र सय भन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्ने गरि बन्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।