६ वटा बिजुली बस ल्याउँदै ललितपुर महानगर
काठमाडौँ। ललितपुर महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा ६ वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ। महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार आगामी चार महिनामा बस चलाउने गरी तयारी सुरू गरिएको हो।
हामीले योजना खाका बनाइसकेका छौं। एक हप्ताभित्रमा टेन्डर पनि आह्वान गर्दैछौं। चार महिनाभित्रमा बिजुली बस सञ्चालनमा ल्याउँने मेयर महर्जनले बताएका छन्।
यी बसहरू ललितपुर महानगरका मुख्य पर्यटकीय स्थलमा चल्ने छन्। मेयर महर्जनका अनुसार पहिलो चरणमा तीन वटा रूट तय गरिएको छ।
पुल्चोकबाट मंगलबजार, लगनखेल, जाउलाखेल हुँदै पुनः पुल्चोकसम्म एउटा रूट।
दोस्रो, पुल्चोकबाट मंगलबजार, पाटन, सुन्धारा, महाबौद्ध हुँदै पुनः पुल्चोकसम्म।
तेस्रो, जावलाखेल, लगनखेल, एकान्तकुना, धोबीघाट, कुपन्डोल, सानेपा।
बसहरु अपांगमैत्री हुनेछन्। मेयर महर्जनका अनुसार अपांग, वृद्धवृद्धा र बालबालिकाले पैसा तिर्नुपर्ने छैन। पाटन दरबार घुम्न आउने पर्यटकले पनि पर्यटक शुल्क बुझाउँदा नै बसको टिकट पाउँछन्।
बिजुली बसले लक्षित वर्ग हरूका लागि निः शुल्क सेवा दिन महानगरले स्रोत छुट्याएर साझालाई उपलब्ध गराउने तयारी गरेको छ।
बस किन्न महानगरले साझा यातायातलाई साढे दुई करोड रूपैयाँ दिइसकेको महानगरले बताएको छ। त्यसमा साझाले पनि केही रकम थप गर्नेछ।
'तत्काल चार्जिङ स्टेसनका लागि तयारी छैन। अहिले साझाको यार्डमै चार्जको व्यस्था गर्छौं। पछि बिजुली बस बिस्तार गर्दै लगेपछि चार्जिङ स्टेसनहरू विस्तार गर्ने सोचमा छौं,' मेयर महर्जनले जानकारी दिएका छन्।
बढ्दो वातावरण प्रदूषण न्यूनीकरणका लागि बिजुली सवारी प्रयोग गर्नुपर्ने भएकाले ललितपुर महानगरपालिकाले पनि यो योजना अघि बढाएको हो।
'यो सुरूआत हो। विस्तारै अरू थप्दै जाने योजना छ। हामीले सुरू गरेपछि अन्य स्थानीय तहमा पनि सुरू हुन्छ भन्ने विश्वास छ। अनि विस्तारै प्रयोग बढ्दै जान्छ,' मेयर महर्जनले भने।