image
image

कञ्चनपुरमा हात्ती आतंकले ११ परिवार बिचल्लीमा    

काठमाडौँ । नेपालका विभिन्न  आरक्षण क्षेत्रका  वरपरका वस्तीमा जंगली जनवारको आतंकले गर्दा कतिले ज्यान त कतिले बसोबास गुमाउनु पारिरहेको छ । त्यसैगरी  कञ्चनपुरको ढक्का शिविरका आरक्षपीडितहरुको बस्तीमा दिनहुँजसाे जंगली हात्तीको बथानले आतङ्क मच्चाएकाे छ ।
पछिल्लो समय कंचनपुर, गाउँपालिका- ६ स्थित ढक्का आरक्षपीडित शिविरमा लालझाडी वन क्षेत्रबाट आएका जङ्गली हात्तीको बथानले एघार परिवारका घर-टहरा भत्काएपछि बस्तीमा बिचल्ली परेकाे छ । जङ्गली हात्तीकाे बथान बस्तीमा प्रायः आइरहने गरे पनि यसपटक शिविरका एघार घरधुरी भत्काएको स्थानीय शिवराज भारतीले बताए । निरन्तर रुपमा आइरहने हात्तीले गएराति बालीनाली पनि नष्ट गरी गाउँमा त्रास मच्चाएकाे पीडितहरु बताउँछन् । उनीहरूले भने, ‘रातभर हात्ती धपाउनु हाम्राे दिनचर्या बनेको छ ।
यस्तै आइतबार राति जङ्गली हात्तीको ठुलै बथानले स्थानीय पार्वती नाथ, लेखराज भारती, रतन भारती, पदम भारती, शिवराज भारती, जग खत्री लगायत शिविर बस्तीका अन्य घर टहरा समेत भत्काइदिएपछि उनीहरुको विचल्ली मच्चिएको बेलाैरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शमशेर सिंह पेलाले बताए । उनका अनुसार शिविरमा केही पिडित परिवार बेलाैरीका स्थानीय परेका छन् । तसर्थ उनीहरुलाइ नगरपालिकाले केही राहतको व्यवस्था गरेको अध्यक्ष पलाकाे भनाइ छ ।
बस्तीमा पसेका हात्तीहरुको बथानले शिविरमा आतङ्क मच्चाइ टहरा भत्काउनुका साथै गहुँ बाली, लुगा कपडा, घारा, भाडाकुडा, साइकल, खाद्यान्न समेत नष्ट गरिदिएको हात्ती पिडित लेखराज भारतीले बताए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।