image
image

नेप्से परिसूचकले इतिहास रच्यो,  कारोबार रकम ७ अर्ब  

काठमाडौँ ३० चैत । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १७.२ अंकले बढेर  २६९१.५५ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।

समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आज २१६ कम्पनिको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ सेयर ८० हजार ९ सय ५९ पटक करोबार भएको छ । आज कारोबार रकम ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ पुगेको छ । 

सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।

 यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ भने सजेन लघुवित्तले धेरै गुमाएको छ  । साथै आज कूल १३ समूह मध्य ७ समूह बढेका छन् भने ६ समूह घटेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।