image
image

आज आठ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आठ कम्पनी दोस्रो दिन आज सोमबार दोहोरो अंकले उकालो लागिरहेको छ । बढीरहेको शेयर बजारमा सात कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

नेप्सेका अनुसार पोजेटिभ सर्किट लाग्नेमा एनआईसी एसिया लघुवित्त वित्तिय संस्था, महिला लघुवित्त वित्तिय संस्था, छ्याङिद हाइड्रोपावर लिमिटेड, यक्सल विकास बैंक, ज्याति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, गुरास लघुवित्त वित्तिय संस्था र साधना लघुवित्ति वित्तिय संस्था रहेका छन् । 

गुराँस लघुवित्तको शेयरमूल्य यस दिन प्रतिकित्ता १६९ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ८५९ रुपैयाँ पुगेको हो । यस दिन एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, महिला लघुवित्रको ९ दशमलव ९५ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९ दशमलव ८७ प्रतिशत, यक्सल विकास बैंकको ८ दशमलव २० प्रतिशत,  ज्योति लाईफ इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत र सिन्धु विकास बैंकको ९ दशमलव ८० प्रतिशत शेयरमूल्य बढेको छ ।


एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता ४० रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ५४५ रुपैयाँ, महिला लघुवित्रको प्रतिकित्ता ९२ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार १७ रुपैयाँ, छ्याङ्दी हाइड्रोको प्रतिकित्ता २२ रुपैयाँले बढेर अन्तिम मूल्य २४५ रुपैयाँ, ज्योति लाईफको प्रतिकित्ता ४२ रुपैयाँले बढेर अन्तिम मूल्य ४६८ रुपैयाँ यक्सल विकास बैंककोको ४२ रुपैयाँले बढेर ५५४ रुपैयाँ र सिन्धु विकास बैंकको प्रतिकित्ता २० रुपैयाँले बढेर अन्तिम मूल्य २२४ रुपैयाँ पुगेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।