image
image

कर्णालीमा आगलागीबाट कुन जिल्लामा कति क्षति ?

काठमाडौँ । नेपालमा यो वर्ष हिउँदमा पानी पर्न नसकेर सुखापन बढेर देशका विभिन्न ठाउँमा धेरै आगलागीका घटना भईरहका छन । त्यस्तै कर्णाली प्रदेशका विभिन्न ठाउँमा पनि विगतका वर्ष झैँ यो वर्ष पनि आगलागी बढ्दै गैरहेको छ । त्यस्तै यो वर्ष कर्णालीमा १११ वटा आगलागीका घटना भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार विभिन्न प्राकृतिक प्रकोपका कारण कर्णालीमा एक वर्षमा मात्रै १ अर्ब ६४ करोडभन्दा धेरै धनमालको क्षति भएको छ । तथ्याङ्क अनुसार २०७७ सालमा कर्णाली प्रदेशमा आगलागी लगायतका विपत्तिबाट एक अर्ब ६४ करोड ५४ लाख एक हजार ५१४ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आर्थिक वर्ष ०७६/७७ मा यस्तो विपत्तिबाट एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार ८७० रुपैयाँ बराबरको धनमाल क्षति भएको छ भने ०७५/०७६ मा ४ करोड ६३ लाख ४२ हजार ९८० बराबरको धनमाल क्षति भएको छ ।

यस्तै, गत आर्थिक वर्षमा सुर्खेतमा ४२ करोड २४ लाख ९९ हजार एक सय, दैलेखमा २९ लाख ४१ हजार ७ सय, कालिकोटमा २८ लाख ४१ हजार ६ सय,  मुगुमा ९७ करोड ४२ लाख २९ हजार ८ सय, डोल्पामा ४१ लाख १३ हजार ५ सय, जाजरकोटमा १० दाख ६२ हजार ५ सय, सल्यानमा  १४ लाख ५५ हजार र रुकुम पश्चिममा ३ करोड ८६ लाख ८२ हजार बराबरको धनमाल क्षति भएको छ । 

चालु आर्थिक वर्षको चैत २९ गतेसम्म सुर्खेतमा २ करोड ५६ लाख १६ हजार,  दैलेखमा एक करोड ३५ लाख ८ हजार ५००, जाजरकोटमा ८१ लाख ४६ हजार ५००,  सल्यानमा ४७ लाख ३८ हजार, रुकुमपश्चिममा ३३ लाख ९४ हजार  १३९, कालिकोटमा  ६५ लाख ७८ हजार १००, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार ८७५ बराबरको क्षति भएको प्रहरीसँग तथ्याङ्क छ ।  
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।