image
image
महिला टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् सन्यास

महिला टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् सन्यास


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’

बाँकेबाट राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएकी नेरीको कप्तानीमा नेपालले सन् २००७ मा एसीसी महिला च्याम्पियनसिप खेलेको थियो । त्यो नै महिला सिनियर क्रिकेट टिमले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् । उनले तत्कालिन क्षेत्रनम्बर ५ बाट खेल्दै काठमाडौंविरुद्ध शतक बनाएकी थिइन् । २०७० सालमा शतक बनाउँदा उनले काठमाडौंविरुद्ध १२१ रन जोेडेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।