image
image

ह्वात्तै बढाए बैंकले घरजग्गाको ब्याजदर 

काठमाडौँ, माघ १३ । कोरोनाको महामारीले देशमा भएको लकडाउनले गर्दा सुस्ताएको व्यापार सँगै बैंकहरुले पनि ब्याजदर घटाएका थिए तर माघ महिना लागे सँगै अधिकांश बैंकहरुले घरजग्गा कर्जाको ब्याज पनि बढाएका छन् ।
तीनमहिना अघिसम्म बैंकहरुले आधार दरमै घर कर्जा उपलब्ध गराएका थिए । तर, अहिले बैंकले एक्कासी घरकर्जाको ब्याजदर उचाइमा पुर्याएका छन् । 
केही ठूला बैंक र केही साना बैंकले अहिले पनि सस्तो ब्याजदरमै घर तथा जग्गाकर्जा उपलब्ध गराइरहे पनि  मंसिर पछि आर्थिक गतिविधि बढेको र औद्योगिक क्षेत्रतिर ऋणको माग बढेकाले बैंक तथा वित्तीय संस्थाले धमाधम घरजग्गाको कर्जाको ब्याज ह्वात्तै बढाएको जनाएको छ ।   

असार, साउन, भदौ, असोज र कात्तिकसम्म सबै बैंकले आधार दरमै ऋण प्रवाह गरिरहेका थिए । त्यो बेलाऋण लिएका ऋणीहरुको ब्याजदर अहिले ११ प्रतिशत माथि १४ प्रतिशतसम्म पुगेको छ ।बैंकहरुले आधारदर माथि ६ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर तय गरेको पाइन्छ । 
 
 
  

  


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।