image
image

कूल पुँजीगत खर्चको २८.३७ प्रतिशत मात्र खर्च 

काठमाडौँ ३० चैत । नेपालमा चालु आर्थिक वर्षमा विनियोजित  बजेट अनुसारको खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको साउनदेखि चैत ३० गतेसम्मको यो अवधिमा सरकारले १ खर्ब १ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको छ जुन कूल पुँजीगत खर्चको २८.३७ प्रतिशत हो ।

अर्थ मन्त्रालयले विकास निर्माणको का गर्नको लागि कूल चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च विनियोजन गरेकोमा सरकारले २ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ खर्च हुन बाँकि छ।

यो वर्ष विकास निर्माणका कार्यहरू अघि बढेपनि पुँजीगत बजेट लक्ष्यको तुलानामा न्यूनमात्रै भएकोछ । कोरोना महामारीको कारण पनि सोचेजति खर्च हुन् सकेको छैन ।चालु आर्थिक वर्षको यो अवधिसम्म सरकारले ५ खर्ब २२ अर्ब पुँजीगत खर्च गरेको छ । यो शीर्षकमा अर्थ मन्त्रालयले ९ खर्ब ४८ अर्ब बजेट विनियोजन गरेको छ ।

त्यसरी नै यो अवधिमा जम्मा ५७ अर्ब ५८ करोड पुँजीगत खर्च गरेको छ । यो खर्च पनि विनियोजित बजेटको ३३.३३ प्रतिशतमात्रै हो । विदेशी ऋणको सावा ब्याज तिर्न तथा सार्वजनिक संस्थानमा शेयर लगानी गर्न सरकारले यो शीर्षकबाट खर्च गर्ने गरेको छ । समग्र चालु आर्थिक वर्षको यो अवधिसम्म सरकारले ६ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ भने सरकारले १४ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । 
     
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।