आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि
काठमाडौं । सोमवार दुई लघुवित्त कम्पनी र एक बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन कारोबारको आधा घण्टाको अवधिसम्म एनआईसी एशिया लघुवित्तको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशत बढेको छ । त्यस्तै ज्योति लाईफ इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत र गुराँस लघुवित्तको ९ दशमलव ३५ प्रतिशतले शेयरमूल्य बढेको छ । यी कम्पनीहरुको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा समेत उच्च बृद्धि देखिएको हो ।
एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता रू. १४० ले बढेर अन्तिम मूल्य रू. १ हजार ५४५ , ज्योति लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४२ ले बढेर अन्तिम मूल्य रू. ४६८ र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता रू. १५८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८४८ कायम भएको हो । दोस्रो बजारमा एनआईसी एशिया लघुवित्तको शेयर खरिद चाप सबैभन्दा बढी रहेको छ । यस अवधिसम्म ५ लाख ८३ हजार ५४ कित्ता शेयर खरिद माग रहेको छ ।