image
image

प्राइम कमर्सियल बैंकको सोमबारदेखि रकम फिर्ता भुक्तानी

काठमाडौं ३० चैत ।गत चैत २६ गते बाँडफाँट भएको प्राइम कमर्सियल बैंकको ऋणपत्र नपरेका सर्वसाधारणको रकम आज देखि फिर्ता हुने भएको छ ।  प्रति ऋणपत्र रू. १ हजार अंकित मूल्यको कुल ३५ लाख कित्तामध्य बैंकले २१ लाख कित्ता परिपत्र विधिमार्फत विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको हो भने ५० हजार कित्ता सामूहिक लगानीकोषको लागि समेत गरी सर्वसाधारणका लागि १४ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले पुरा गरेको छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो बाँडफाँटमा नपरेको रकम चैत ३० गतेदेखि आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने बैंकले जानकारी छ ।

   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।