image
image
त्रिकोणात्मक टी–२० क्रिकेटः नेपाल फाइनलमा प्रवेश

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली हङकङसँग बर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपाल मंगलबारको खेलमा विजयी भएसँगै फाइनलमा पुगेको हो ।  मंगलबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

 नेपालका लागि कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ गरेका थिए । यो  जोडीले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । विकेट किपर ब्याटर भण्डारीले २२ बलमा २७ रन बनाउँदा एक छक्का र दुई चौका प्रहार गरेका थिए । तर, क्रिजमा आएका कप्तान रोहित पौडेल भने फ्लप भए । उनले चार बल फेस गर्दा एक रन बनाएर पभेलियन फर्किएपछि नेपालले ८.१ ओभरमा ६५ रन हुँदा दोस्रो विकेट गुमेको थियो । 

यसैगरी आरिफ शेखको ब्याट पनि शान्त रह्यो । उनले सात बल फेस गर्दा एक चौकाको मद्दतले चार रन जोडेर तेस्रो विकेटको रुपमा ९.३ ओभरमा ७० रन हुँदा पभेलियन फर्किए । ओपनर कुशल भुर्तेलसँग सन्दीप जोराले साझेदारी गर्दै नेपालको स्कोर अघि बढाएका थिए । नेपालको स्कोर १४.३ ओभरमा १२० रन पुगेका बेला कुशल व्यक्तिगत ५९ रनको अर्धशतकीय पारि खेल्दै पभेलियन फर्किए । 

उनले चार छक्का र चार चौका प्रहार गरेका थिए । आक्रामक पारि खेलेका सन्दीप जोराले २६ बलमा चार छक्का र तीन चौकासहित ५६ रन जोडेर आउट भएका थिए । सन्दीप आउट हुँदा नेपालले १७.५ ओभरमा १६० रन बनाएको थियो । छैटौं विकेटको रुप्मा लोकेश बम रनआउट भएका थिए । उनले छ बल फेस गर्दा दुई छक्काको मद्दतले १४ रन बनाएका थिए । 

गुलसन झा र विवेक यादवले नेपालको स्कोर दुई सय नजिक लगेका थिए । झाले ज्ञद्द बलमा १५ रन बनाउँदा एक छक्का प्रहार गरेका थिए भने विवेक यादवले चार बलमा १९ रनको आक्रमक पारि खेले । उनले तीन छक्का प्रहार गर्दा नेपालले निर्धारित ओभरमा छ विकेट गुमाएर १९८ रन बनाएको थियो । पीएनजीका लागि असद भालाले दुई विकेट लिँदा नोसिना पोकाना, जोन कारिको र नोरमान भानुवाले एक एक विकेट लिए । १९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको पीएनजी १६.१ ओभरमा ११३ रनमा रोकिए पछि नेपाल ८५ रनले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।