नागार्जुनको जंगलमा ठूलो आगलागी
काठमाडौं। काठमाडौँ को शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा ठुलो आगलागी भएको छ।
आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए हुन्।
बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आगलागी सुरू भएको उनले बताए।
'कसरी सुरू भएको भन्ने थाहा भएन। आगलागी भएको खबर आएपछि प्रहरी र हाम्रो टोली खटिरहेको छ,' उनले भने,' दुई घन्टा बढीदेखि आगलागी भएको हो। हावाहुरीका कारण आगलागी थप बढेको हो।'
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी आगलागी नियन्त्रण गर्न लागि परिरहेको बस्नेतले बताएका छन्