image
image

इसेवाको कारोबार, सुनैसुनको बहार, इसेवाका एजेन्टहरु पुरस्कृत

काठमाडौं। इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरी सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाको बिजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ। 

इसेवामा आवद्ध एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाइलदेखि सुनसम्म जित्न सक्ने अफर सञ्चालन गरेको थियो। करिब एक लाखभन्दा बढी इसेवा एजेन्टहरु (इसेवा जोन तथा पोइन्ट) सहभागी भएको इसेवाले बताएको छ।

योजनामा पाँच जनाले एक/एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड स्मार्टफोन, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, तीन सय चार जनाले १० हजार रिवार्ड पोइन्ट, आठ सय १६ जनाले पाँच हजार रिवार्ड पोइन्ट जितेको इसेवाले जनाएको छ।

इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको कम्पनीले जनाएको छ। अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाखले इसेवामार्फत सेवा लिइरहेको कम्पनीको दाबी गरेको छ।

हाल इसेवाका देशभर करिब एक लाख २० हजारभन्दा बढी एजेन्ट रहेका छन्। इसेवामा मर्चेन्टको संख्या एक लाख ९० हजार नाघेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।