image
भारतमा २४ घन्टामा एक लाख ५२ हजार बढीमा कोरोना पुष्टि

भारतमा २४ घन्टामा एक लाख ५२ हजार बढीमा कोरोना पुष्टि

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको  छ ।

यो भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघि सकेको छ ।


पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै पुगेको छ ।

भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर अचाक्ली रुपमा बढिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ । पछिल्लो समय मानिसहरुले संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको र चाडपर्व तथा राजनीतिक भेलाजस्ता ठूलो संख्यामा मानिसहरुको भेला हुने कार्यक्रमहरु भएको र कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को संक्रमणको कारण पनि दोस्रो लहर फैलिएको विशेषज्ञहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।