image
image
त्रिकोणात्मक टी–२० आई सिरिजः आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

त्रिकोणात्मक टी–२० आई सिरिजः आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ । खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ । शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डस्लाई हराएर फाइनल पुगिसकेको छ । 

चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४÷४ अंक छ । तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्सबीचको खेलबाट जित्ने टिमले मंगलबार नेपालसँग फाइनल खेल खेल्नेछ ।  

यसैबीच नेपाल क्रिकेट संघ (क्यानले) आजको खेल दर्शकका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको जनाएको छ ।त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट काट्न नपर्ने जानकारी क्यानले सामाजिक सञ्जालमार्फत गराइसकेको छ । यसअघिका भएको सिरिजको सबै खेल प्रत्यक्ष हेर्न दर्शकहरूले टिकट लिनुपर्ने व्यवस्था थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।