डलर पाँच महिनायताकै महँगो, किन बढ्दै छ डलरको भाउ ?
काठमाडौँ। नेपाली मुद्राको तुलनामा डलर पाँच महिनायताकै महँगो भएको छ । शुक्रबार र शनिबारका लागि राष्ट्र बैंकले प्रतिडलर विनिमय दर १ सय १९ रुपैयाँ ८८ पैसासम्म तोकेको छ । ग्राहकहरूले शुक्रबार बैंकहरूमा १ डलरका लागि १ सय १९ रुपैयाँ ९० पैसासम्म तिरिएको छन् । यसअघि १९ कात्तिकमा डलरको विनिमय दर १ सय १९ रुपैयाँ ८९ पैसासम्म पुगेको थियो भने त्यसपछि घटबढ हुँदै विनिमय दर प्रतिडलर न्यूनतम १ सय १६ रुपैयाँसम्म भएको थियो ।
भारतमा कोभिडको संक्रमण दर फेरि बढ्न थालेको, त्यहाँको सेयर बजार वृद्धि हुन नसकेको र अमेरिकी मुद्रासमेत बलियो बन्दै गएकाले भारतीय मुद्राको भाउ लगातार घट्दो क्रममा छ । लगातार चौथो दिन डलरको तुलनामा भारु १५ पैसाले सस्तिएको छ। भारुसँग नेपाली मुद्रा पेग्ड गरिएकाले भारुमा हुने उतारचढावको नेपाली मुद्रामा प्रतिबिम्बित हुन्छ । नेपाली मुद्रा र अमेरिकन मुद्राबीच सोझो विनिमय दर कायम गरिएको छैन ।
डलरको भाउ बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा भने वृद्धि हुन्छ । बढेको विनिमयको लाभ लिनसमेत वैदेशिक रोजगारीमा जानेले रेमिट्यान्स पठाउने गर्छन् । डलरमा भित्रिने रेमिट्यान्सको विनिमय दरका कारण बिदेसिएका परिवारले अतिरिक्त रकम पाउने अवस्था बन्छ । डलरको भाउ बढ्दा नेपालमा महँगी भने केही बढ्न सक्छ । अहिले पनि कतिपय वस्तुको आयात डलरमा नै हुने गर्छ ।
केही दिनअघिसम्म डलरको भाउ घट्दो क्रममा थियो । विशेष गरी त्यहाँको केन्द्रीय बैंकले अमेरिकी अर्थतन्त्र उत्थानका लागि राहतमूलक प्याकेजमार्फत सहयोग गरिरहने उल्लेख गरेको थियो ।
मूल्यवृद्धि बढाउने सर्तमै भए पनि अमेरिकामा १५ करोड ६० लाख नागरिकलाई ३ खर्ब ७२ अर्ब डलर खर्चिएर तेस्रो चरणको राहत भुक्तानी गरेको छ । मुद्रा नै छापेर नागरिकको राहतका लागि चालिएको यो कदमले त्यहाँ महँगी बढ्न थालेको समाचारहरूमा समेत उल्लेख गरिएको छ ।
शुक्रबार भने डलरको भाउ विश्वमा प्रमुख ६ मुद्रा युरो, जापनिज येन, ब्रिटिस पाउन्ड, क्यानेडियन डलर, स्विडिस क्रोना र स्विस फ्रान्कको तुलनामा डलर ०.२५ प्रतिशतले बढेर ९२ दशमलव २९ डलर भएको छ । अमेरिकी अल्पकालीन बन्डहरूको बिक्रीमा आउन सक्ने बिक्रीले डलरको भाउ थप बढ्ने सम्भावनाले डलर महँगिएको हो । विकसित मुलुकहरूमा आर्थिक वृद्धिलाई टेवा दिने गरी भइरहेको मूल्यवृद्धिले त्यहाँको मुद्राको भाउ बढाउने मानिन्छ । यही प्रक्षेपणमा समेत अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा केही वृद्धि भएको हो ।