image
image
त्रिकोणात्मक टी-२० सिरिज : आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाडौँ। नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ ।

मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

खेल तालिका

- नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
- नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।  
- फाइनल, फागुन २२ गते मंगलबार ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।