image
image
डब्ल्यूपीएलमा मुम्बई इन्डियन्सको लगातार दोस्रो जित

डब्ल्यूपीएलमा मुम्बई इन्डियन्सको लगातार दोस्रो जित

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) को डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो जित निकालकेको छ ।पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको मुम्बई इन्डियन्सले आफ्नो दोस्रो खेलमा आइतबार राति गुजरात जाइन्ट्सलाई ५ विकेटले पराजित गर्यो । मुम्बईको जितमा कप्तान हरमनप्रीत कौर र न्यूजिल्याण्डकी युवा अलराउन्डर अमेलिया केरले उत्कृष्ट योगदान गरे । पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्यको जवाफमा मुम्बईले ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

मुम्बई इन्डियन्सकी कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । फास्ट बलर शबनम इस्माइलको घातक बलिङका अगाडि गुजरातको शीर्ष क्रम ध्वस्त भएको थियो । शबनमले पहिला वेदा कृष्णमूर्तिलाई शून्य र हरलिन देओललाई ८ रनमा पभेलियन पठाएकी थिइन् । त्यसपछि नेट सिभर ब्रन्टले फोबी लिचफिल्डलाई ८ रनमा र हेली म्याथ्युजले हेमलतालाई ३ रनमा आउट गरिन् ।पाँचौं विकेटका रूपमा इस्माइलले कप्तान बेथ मुनीलाई २४ रनमा आउट गराइन् ।  

अन्त्यमा क्याथरिन बुरिसको २५ रन र तनुजा कन्वरको २८ रनले गर्दा गुजरातले मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । मुम्बईका लागि मेलिया केरले सर्वाधिक ४ विकेट लिइन् भने शबनमले ३ विकेट हात पारिन् ।१२७ रनको लक्ष्यको जवाफमा मुम्बईको सुरुवात पनि खराब रहेको थियो । पछिल्लो खेलमा अर्धशतक प्रहार गर्ने यास्तिका भाटिया ७ रन बनाएर आउट भएकी थिइन् भने हेली म्याथ्युजले पनि ७ रन मात्र बनाइन् । 

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नेट सिभर ब्रन्ट २२ रन बनाएर रनआउट हुँदा  कप्तान हरमनप्रीत कौर एक छेउमा अडिग रहिन् र मेलिया केरसँग ६६ रनको महत्वपूर्ण साझेदारी गरिन् । मेलिया केरले ३१ रनको योगदान दिएकी थिइन् । हरमनप्रीत कौरले छक्का प्रहार गर्दै खेलको अन्त्य गरिन् र ४६ रनमा नटआउट रहिन् । गुजरातका लागि तनुजा कन्वरले सर्वाधिक २ विकेट लिइन् ।डब्ल्यूपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र युपी वारियर्सबीच प्रतिस्पर्धा हुने छ । दुवै टिम पहिलो जितको खोजिमा हुने छन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।