image
image

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप संकलन

काठमाडौं, चैत २९ । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो ।


कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो । पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।

कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैङ्कहरूमा कर्जाको माग बढेपछि बैङ्कहरूमा पनि कर्जा विस्तार बढ्दो क्रममा थियो । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन महिनाभर ४० अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैङ्कहरूले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । सोही अवधिमा बैङ्कहरूको कर्जा लगानी ३८ अर्ब रुपियाँमा सीमित रहेको छ । गोरखापत्र दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।