image
image
वुमेन्स प्रिमियर लिगः मुम्बई इन्डियन्सको विजयी सुरुआत

वुमेन्स प्रिमियर लिगः मुम्बई इन्डियन्सको विजयी सुरुआत


काठमाडौं ।  वुमेन्स प्रिमियर लिग (डब्ल्यूपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्स वुमनलाई ४ विकेटले पराजित गरेको हो ।बैंग्लोरमा भएको खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । 

जवाफमा मुम्बईले ६ विकेटको क्षतिमा १७३ रन बनाउँदै ४ विकेटको जित दर्ता गरेको हो । दिल्लीका लागि पहिला ब्याटिङ गर्दै एलेस केप्सेले ५३ बलमा ७५ रनको धुवाँधार पारि खेलिन् । उनले तीन छक्का र आठ चौका प्रहार गरिन् । यसैगरी जेमिमा रोड्रिगेसले २४ बलमा ४२ रन बनाउँदा दुई छक्का र पाँच चौका हिर्काएकी थिइन् । कप्तान मेग लेनिङले ३१ रन बनाउँदा मरिजान केपले १६ रनको पारि खेलिन् । दिल्लीका लागि नाट सेभर र अमेलिया केरले समान दुई ,दुई विकेट लिए ।

जवाफमा सुरुआत खराब गरेको मुम्बईले कप्तान हरमनप्रित कौर र यास्तिका भाटियाले अर्धशतकीय पारि खेल्दै जित दिलाए । भाटियाले ४५ बलमा ५७ रनको पारि खेल्दै दुई छक्का र ८ चौका प्रहार गरिन् । यस्तै कप्ता कौरले ३४ बलमा ५५ रनको पारि खेल्दै एक छक्का र ७ चौका हिर्काइन् भने अमेलिया केरले १८ बलमा २४ रन बनाइन् । नाट सेभरले १९ रन जोडेकी थिइन् । अन्त्यमा सजिवन सजनाले अन्तिम एक बलमा छक्का प्रहार गरेपछि मुम्बईले जित निकाल्न सफल भयो । दिल्लीका लागि अरुणधति रेड्डी र एलिस केप्सीले दुई दुई विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।